सुर्खेत । लायन्स क्लब अफ सुर्खेत दीपमालाको अध्यक्षमा लक्ष्मीप्रसाद थानी चयन भएका छन् । आगामी कार्यकाल सन् २०२६-२०२७ का लागि लायन्स डिष्ट्रिक सेक्रेटरी एमजेएफ हरिहर बस्नेतकाे प्रमुख आतिथ्यतामा आईतबार भएकाे प्रथम अधिवेशनबाट अध्यक्षमा लक्ष्मीप्रसाद थानी सर्बसहमतिले चयन भएका हुन् ।
नयाँ कार्यसमितिको चयनसँगै क्लबले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्वता जनाएकाे छ । नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष विष्णु न्यौपाने, द्वितीय उपाध्यक्ष झरना बिष्ट चयन भएका छन् । यस्तै सचिवको जिम्मेवारी टंकप्रसाद रिजाल, कोषाध्यक्षमा दीपक विश्वकर्मा चयन भएका छन् । क्लबको विभिन्न विषयगत जिम्मेवारीका लागि पनि पदाधिकारी चयन गरिएको छ ।
एलसीआईएफ (लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन) कोअर्डिनेटरमा प्रेमकिरण विश्वकर्मा, मेम्बरसिप चेयरपर्सनमा हेमराज शर्मा, सर्भिस चेयरपर्सनमा यादव बिक तथा मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा तपेन्द्रकुमार विश्वकर्मा लगायत २० सदस्य कार्यसमिति चयन गरिएकाे छ ।
नयाँ कार्यसमितिको चयन भएपछि अध्यक्ष थानीले क्लबको उद्देश्य अनुरूप सामाजिक सेवाका कार्यक्रमलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्लबको सक्रियता बढाइने बताए । क्लबका सदस्यहरूले नयाँ नेतृत्वको चयनसँगै संस्थागत विकास, सदस्य विस्तार तथा सेवामूलक कार्यक्रमलाई थप सशक्त बनाउने बताएका छन् ।










