Karnali Media
२०८३ असोज १६ , शुक्रबार

पञ्चकोशी डेण्टल र रिलायन्स फाइनान्सबीच सम्झौता, दन्त उपचारमा ११ प्रतिशतसम्म छुट



सुर्खेत । सुर्खेतस्थित पञ्चकोशी डेण्टल हस्पिटल र रिलायन्स फाइनान्स लिमिटेडबीच सेवाग्राहीलाई विशेष सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार रिलायन्स फाइनान्स लिमिटेडका सेवाग्राहीले पञ्चकोशी डेण्टल हस्पिटलबाट दन्त उपचार तथा सम्बन्धित सेवा लिँदा ११ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, पञ्चकोशी डेण्टलका सेवाग्राहीले रिलायन्स फाइनान्स लिमिटेडबाट विभिन्न वित्तीय सेवा लिँदा विशेष सुविधा प्राप्त गर्ने बताइएको छ।


शुक्रबार पञ्चकोशी डेण्टलका सञ्चालक दिपेन्द्र शाही र रिलायन्स फाइनान्स लिमिटेडका पदाधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै सहकार्यको औपचारिक सुरुवात गरिएको हो। सम्झौतापछि दुवै संस्थासँग जोडिएका सेवाग्राहीलाई स्वास्थ्य तथा वित्तीय सेवामा थप सहजता र विशेष सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।

पञ्चकोशी डेण्टलले दन्त स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ भने रिलायन्स फाइनान्स लिमिटेडले विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। दुई संस्थाबीचको सहकार्यले सेवाग्राहीलाई एउटै नेटवर्कमार्फत थप सुविधा प्राप्त गर्न सहयोग पुग्ने जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार