Karnali Media
२०८३ असोज १९ , सोमबार

हरि बहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित



सुर्खेत । नेपाली एथलेटिक्सका गौरव, पूर्वधावक तथा प्रशिक्षक हरि बहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’का रूपमा सम्मानित भएका छन्।

एनपिएलको सहभागी टिम कर्णाली याक्सले उनलाई नगद रु. २ लाख ५० हजार सहित ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’ अवार्डबाट सम्मानित गरेको हो।

‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’ले सम्मान गरेकोमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।


सम्मान कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्दले हरि बहादुर रोकाया कर्णालीको गौरव तथा नेपाली खेलकुद क्षेत्रका प्रेरणादायी व्यक्तित्व भएको बताए। कर्णालीको शान र गौरवका रूपमा स्थापित रोकायालाई सम्मान गरेकोमा उहाँले कर्णाली याक्सलाई धन्यवाद व्यक्त गरे।

सदस्य सचिव चन्दले नेपाल प्रिमियर लिग (एनपीएल)मार्फत कर्णालीमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरको मञ्चमा अवसर प्रदान गर्ने कर्णाली याक्सको प्रयास प्रशंसनीय रहेको बताए।

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार