कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ४३ जना विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत कालिकोटमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई रास्वपाका सहप्रवक्ता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र चौधरी, रास्वपा कर्णाली प्रदेश उपसभापति तुलाराज शाही (राज) लगायतका नेताहरूले पार्टीमा स्वागत गर्दै शुभकामना दिएका थिए।
‘हामी आउँदै छौँ’ कार्यक्रममा स्थानीय, पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार


