सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–४ कालागाँउमा वि.स. २०४९ सालमा केशब रोकायको जन्म भयो । बुवा मन बहादुर रोकाय र आमा लालकलि रोकायको कान्छो छोराकोे रुपमा जन्मिएका उनको सुर्खेतको कालागाँउमा बाल्यकाल वित्यो ।
सामान्य परिवारमा जन्मियका उनलाई बुवा आमाले भैंसी पालेर दुध बेचि नजिकैको सामुदायिक विद्यालयमा भर्ना गरिदिए ।
दिउसो नजिकैको सामुदायिक विद्यालयमा पढ्न जाने बिहान बेलुका घरायसी काममा आमावुवालाई सघाएर दिनहरु वित्दै थियो । यसरी दिन वित्दै जादा कक्षा ५ मा अध्ययन गर्दै गर्दा विदाको दिन साथीहरुसंग उनि भेरी नदिमा पौडी खेल्न गए ।
पौडि खेल्ने क्रममा नदिको ढुगांमा उनको टाउको ठोकिएर होस् गुम्न पुग्यो । यतिकैमा उनि मानसिक रोगको सिकार हुन पुगे । उनिलाई मनोसामाजिक अपांगता सम्बन्धिको औषधि सधैं औषधि प्रयोग गर्न पर्ने भयो ।
औषधि प्रयोग गर्दै अध्ययनलाई पनि निरन्तरता दिएका केशबले वि.स. २०६८ सालमा एस.एल.सी पास गरे । सोही वर्ष उनि बैवाहिक सम्बन्धमा पनि गासिए । प्रेम विवाह गरेका उनलाई त्यसपछि जिम्मेवारी थपियो । घरको आर्थिक समस्याका कारण एसएलसी भन्दामाथि पढ्न पाएनन् । घर व्यवहार चलाउन उनि अरुको घर भवनहरुमा रङ लगाउने काम गर्न थाले ।
विवाह गरेको २ वर्ष पछि उनको घरमा लक्ष्मीको आगमन भयो जस्ले गर्दा उनीलाई वुवा बन्ने सौभाग्य मिल्यो ।
यसरी दिन वित्दै गर्दा घरपरिवार र श्रीमती बिच बेमेल सृजना हुन थाले पछि उनीले आमाबुवा, घर, आफन्त त्यागेर श्रीमती र छोरीलाई अङ्गालेर छुटै भाडामा बसे । भाडामा बस्दै गर्दा उनको दोस्रो सन्तानको रुपमा छोराको जन्म भयो ।
छोरा एक वर्ष पुगेपछि केशबका आमाबुवाले उनीहरुलाई घरमा नै बस्न भने पछि उनिहरु घर फर्किए । भाडामा बसेको तिन वर्षपछि घर फर्केका उनका परिवार आमावुवासगं भने बसेनन्, छुटै नै बसे । छोराछोरीहरु पनि पढ्ने भए, पेन्टिङ गरेर कमाएकै रकमले पनि छोराछोरीहरुलाई जेपि बोर्डिङ स्कुलमा भर्ना गरिदिए ।
छोराछोरीहरु स्कुल गएपछि दिनभरि एक्लै हुने बताउदै सीप सिकेर रोजगारी भए घर खर्च चलाउन सहज हुने कुरा केशबकी श्रीमतीले राखिन् । सीप सिकेर कोपिला भ्यालीमा पछ्यौरा बुन्ने, टोपी बनाउने जस्तो काम गर्न थालिन् । यति कै मा त्यो काम भन्दा होटेलमा काम गर्दा धेरै ज्याला पाइने भनेर सुर्खेत कै एक होटेलमा कुकको काम गर्न थालिन् । कुरा वि.स. २०७५ साल तिरको हो, केशब मनोसामाजिक अपाङगता भएकै कारण उनको श्रीमतीले उनलाई छोडेर गईन् । अब उनिसँग न त सम्पति छ, न त श्रिमती, न त आमाबुवा नै, छन् न केवल ति नाबालक छोराछोरी । केशब आफैमा सानै देखि मानसिक स्वास्थ्यको समस्या भोगिरहेको व्यक्ति अब त झन् तनाब थपियो ।
एक तर्फ आमावुवाको साथै श्रीमतीको साथ नभएको तनाब थियो भने अर्काे तर्फ छोराछोरीको पालनपोषण तथा पढाईको तनाब । यति कै मा उनि तनाब कै कारण अचेत अवस्थामा पुगे, उनलाई केहि पनि याद नहुने भएर मनोसामाजिक अपाङगताको गहिरो सिकार हुन पुगे । उनि अचेत भएर भौतारि रहदा सामाजिक कार्य गर्ने नवज्योति संस्थाले उनको निशुल्क उपचार गर्नुको साथै छोराछोरीलाई पनि पढाउने काम ग¥यो ।
नवज्योति संस्थाले भारतको लखनउ लगेर उपचार गर्दा उनिको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै आयो । यस्तैमा सन् २०२२ देखि सुर्खेतमा मनोसामाजिक अपाङगिताको लागि काम गर्ने गैरसरकारी संस्था कोशिस नेपालमा उनी आवद्ध भए । कोशिसको सहयोगमा उनले अपाङगता परिचय पत्र बनाएर नेपाल सरकारबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पनि पाउने गर्दछन् जस्ले गर्दा औषधि उपचारमा सहज भएको छ ।
यो सगैं कोशिस संस्थामा मनोपरामर्श कर्ताले दिने परामर्शले पनि निकै सहयोग गरेको छ । जस्ले गर्दा स्वास्थ्यमा धेरै सुधार भएको केशबको अनुभव छ । अहिले उनिको नवज्योति संस्थाको आर्थिक सहयोगमा घर निर्माण भएको छ । छोरा पनि एसओएस विद्यालयमा ७५ प्रतिशत छात्रवृतिमा अध्ययन गरिरहेको छन् भने छोरी जेपि बोर्डिङ स्कुलमा भर्ना खर्च बाहेक अन्यमा निशुल्क अध्ययन गरिरहेकी छन् ।
केशब पनि २ कठ्ठा जमिनमा तरकारी खेति गरिरहेका छन् । बारी भरि काउली, आलु, साग उत्पादन हुनेगर्छ । उत्पादन भएका वस्तु २ दिन विराएर बिक्री गर्ने गर्दछन् । जस्बाट मासिक २० हजार आम्दानी गर्ने गर्दछन् । तरकारी खेति मात्रै हैन उनले ६ वटा हासं, १२ वटा बाख्रा समेत पालेका छन्, जसबाट उनी राम्रो आम्दानी गर्ने सोचमा रहेका छन् ।
‘दुख पर्दा साथ, सहयोग र परामर्श दिए जस्तो कठिन परिस्थितीको सामना गरेर पनि सफतला पाउन टाढा जानै पर्दैन ।’
भावना राना । सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित