Karnali Media
२०८३ असार १८ , बिहीबार

पहाडी भू–भागमा वर्षाको सम्भावना



हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्तया सफा रहेको छ।


दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ चैत २४ गते शुक्रबार