Karnali Media
२०८३ भदौ ६ , शनिबार

गायक राजेश पायल राईको ‘हौवा हौ दर्शन नमस्ते’ सार्वजनिक



चर्चित गायक राजेश पायल राईको स्वरमा ‘हौवा हौ दर्शन नमस्ते’ बोलको गीत सार्वजनिक भएको छ ।

लिरिकल भिडियोसहित सार्वजनिक गरिएको गीतमा विक्रम राईको संगीत रहेको छ भने विकाश संगम राईको शब्द रहेको छ ।

गीतमा आफूले माया गरेकी मायालुको चर्चा गर्दै प्रेम भाव व्यक्त गरेको भावलाई मुख्य विषय बनाइएको छ ।


गीतमा यस्ता शब्द छन्ः
आँखाको बाटो हुँदै मनमा आई बस्ने मायालुलाई
मिठो मिठो कुरा गर्दै मुटुमा पस्ने मायालुलाई
दर्शन नमस्ने हौवा हौ, दर्शन नमस्ते
छेउमा आइ बस्यौ, मायाले कस्यौ उम्किन सकेन यो मन
मिठो मिठो बोल्यौ, मनको कुरा खुल्यौ ढुकढुकी बढ्यो झन्झन्
पिरतीको गीत गाउदै अंगालोमा कस्ने मायालुलाई
मिठो मिठो बोल्यौ, मनको कुरा खुल्यौ ढुकढुकी बढ्यो झन्झन्

दर्शन नमस्ने हौवा हौ, दर्शन नमस्ते

प्रकाशित मिति : २०७८ भदौ १ गते मंगलबार