ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्। उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
चीनबाट बंगलादेश हुँदै उनी विमानस्थलमा अवतरण गरेको बताईएको छ। उनीसँगै ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनले १५ दिनको पर्यटक भिसा लिएको अध्यागमन स्रोतले जनाएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । मङ्गलबार, असार १२, २०८० मा प्रकाशित