मेटा प्रमुख मार्क जुकरबर्गले ल्याएको नयाँ सोसल मिडिया प्लेटफर्म थ्रेड्समा सार्वजनिक भएको चार घण्टामै ५० लाख प्रयोगकर्ता जोडिएका थिए । तर, अहिले यसका प्रयोगकर्ता घट्न थालेका छन् ।
मेटा प्रमुख जुकरबर्गको भनाइमा थ्रेड्सले आफ्ना आधाभन्दा बढी प्रयोगकर्ता गुमाएको छ । जुलाईको सुरुवातमा लन्च भएको थ्रेड्मा ५ दिनभित्रै १० करोड प्रयोगकर्ता जोडिएका थिए । तर, अहिले प्रयोगकर्ताको संख्या कम हुँदै गएको छ ।
जुकरबर्गले भनेका छन, ‘१० करोडभन्दा बढीले साइन अप गरेका छन् भने यीमध्ये आधा मात्र रहेमा पनि यो प्लेटफर्मका लागि राम्रो मानिन्छ । तर अहिले हामी त्यहाँसम्म पुगेका छैनौँ ।’
प्लेटफर्मका अनुसार, केही नयाँ फिचर्स जोडिएपछि छोडेर जानेको संख्यामा सुधार आउने छ । थ्रेड्स एक तरिकाले इन्स्टाग्रामजस्तै छ । यसमा प्रयोगकर्ताले टेक्स्टसँगै लिंक, फोटो र ५ मिनेटको भिडियो पोस्ट गर्न सक्छ ।
संवाददाता । आइतबार, साउन १४, २०८० मा प्रकाशित