Karnali Media
२०८३ भदौ १८ , बिहीबार

वीरेन्द्रनगर ३ का वडाअध्यक्ष विनोद सिंह विष्ट पूर्पक्षका लागि कारागार चलान



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विनोद सिंह विष्टलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ ।

न्यायाधिस मनोज श्रेष्ठको एकल इजलाशले डाका तथा चोरी मुद्दमा वडाध्यक्ष विष्टसहित तीन जनालाई कारागार चलान गर्ने फैसला गरेको हो। वडाध्यक्ष विष्टलाई २४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

वडाअध्यक्ष विष्टसँगै सुशिल गुरुङ्ग र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ । पाँच जनामध्ये दुई जना सन्तोष थापा र यामराज शाही भने दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।


सम्बन्धित समाचार-

प्रकाशित मिति : २०८० साउन २१ गते आइतबार