Karnali Media
२०८३ असोज ४ , आइतबार

९ बलमा ८ छक्का सहित दीपेन्द्रको विश्वकीर्तिमानी अर्धशतक



नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी विश्वकीर्तिमान बनाएका छन्। एसियन गेम्सअन्तर्गत बुधबार भएको मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रले ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान बनाए।

दीपेन्द्रले १० बलमा ८ छक्का प्रहार गर्दै नटआउट ५२ रन बनाए। उनले ९ बलमा ८ छक्का प्रहार गर्दै टि-२० आईमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान बनाए।


यसक्रममा उनले भारतीय अलराउन्डर युवराज सिंहको कीर्तिमान तोडे। युवराजले १२ बलमा अर्धशतक बनाएका थिए।

उनले १९ सेप्टेम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।

प्रकाशित मिति : २०८० असोज १० गते बुधबार