सुर्खेत । कर्णालीमा ह्याण्डबल खेललाई चिनाउँन र यसको विकास गर्न महत्वपूर्ण योगदान पु¥याएका ह्याण्डबल खेलाडि भुवन शाही सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् । पछिल्लो समय सुरक्षित भविष्यको खोजीमा खेलाडिहरु विदेशिने क्रम बढ्दै गएको छ ।
कर्णालीमा पहिलोपटक ह्याण्डबल खेललाई भित्राउन महत्वपूर्ण योगदान गरेका भुवन शाही देशमै खेल क्षेत्रबाट सुरक्षित भविष्यको सुनिश्चितता नभएपछि रोजगारीको सिलसिलामा लण्डन प्रस्थान गरेका हुन । यिनै भुवन शाहीको पहलमा ह्याण्डबल नेपालमा भित्रिएका झण्डै ३६ बर्ष पछि अथवा २०७२ सालमा कर्णालीमा ह्याण्डबल भित्रीएको थियो ।
हाल रोजगारीको सिलसिलामा विदेश गएका भुवन शाहीले ह्याण्डबलबाटै हालसम्म नेपालको प्रतिनिधित्व गरेर ७ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । ह्याण्डबलबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल मैदानमा छुट्टै पहिचान बनाउन सफल खेलाडिहरु नै देशमा सुरक्षित भविष्य नदेखेपछि विदेशिदा नेपालको खेल क्षेत्र दिनदिनै खस्कदै गइरहेको छ ।
सरकारको न्यून लगानी र खेलाडिलाई आवश्यक पूर्वाधार नहुँदा नेपालमा सम्भावन भएका खेलाडिहरु पनि आज विदेशीनेकाे संख्या दिनानुदिन बढिरहेकाे छ ।
को हुन भुवन शाही ?
कालिकोट जिल्लमा २०५४ साल असार ६ गते जन्मिएका भुवन शाही सानै उमेरदेखी खेलप्रेमी थिए । उनको सानै उमेर देखिको खेलप्रतिको माया र मोहले उनलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्यो । थुप्रै स्थानिय तथा राष्ट्रिय स्तरको ह्याण्डबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शाहिले २०७३ सालमा बंगलादेशमा पहिलो अन्तर्रास्ट्रिय खेल खेल्ने अवसर पाएका थिए । यसपछी पनि उनले थुप्रै खेल खेले २०७५ मा पाकिस्तानमा भएको ह्याण्डबल प्रतियोगितामा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गरे । उनले हालसम्म सात भन्दा बढी राष्ट्रिय खेलहरु खेलिसकेका छन् । यिनै भुवन शाही जसले कर्णालीमा ह्याण्डबलको बिकास र ह्याण्डबल खेलाडिको लागि सहयात्री समेत बने ।
भुवन शाहिले कर्णालीमा ह्याण्डबल भित्राएसङ्गै यसको बिकासमा उनको महत्वपूर्ण भुमिका समेत रहेको छ । सुरुवाती दिनहरुमा उनले पारिवारिक सहयोगमै ५ वडा स्कुलमा सहभागितामा स्कुल स्तरको ह्याण्डबल प्रतियोगिता गरेर कर्णालीमा पहिलो ह्याण्डबल प्रतियोगिता सम्पन्न गरेका उनले निरन्तर ह्याण्डबलका कार्यक्रमहरु हुँदै जादा अहिले झण्डै ५५ भन्दा बढि बिधालयहरु ह्याण्डबल सहभागी हुने गर्दछन् ।
यस्तै उनले कर्णाली प्रदेशका दैलेख, सुर्खेत, कालिकोट र सल्यान जिल्लाका २८ जना ह्याण्डबल खेलाडिहरु उत्पादन समेत गरिसकेका छन् । शाहिले नै ह्याण्डबलमा ल्याएका २ जना खेलाडीहरु अहिले राष्ट्रिय खेलाडी बनिसकेका छन् ।
ह्याण्डबल विकासमा सारथि बनेको भुवन शाही देशमै खेल क्षेत्रबाट आफ्नो भविष्य सुरक्षित नदेखिएको भन्दै विदेशिएपछि देशमा खेलकुद क्षेत्रको विकासमा सरकार मौन रहेको स्पष्ट देखिन्छ । खेलकुदले राष्ट्रको पहिचान उच्च बनाउँने र संसारमा देशलाई चिनाउने हुँदा यस क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने हुटहुटी बोकेका भुवन शाही जस्तै खेलाडिहरुलाई देशमै खेल क्षेत्रमा लाग्ने सक्ने वातावरण बनाउँन सरकारले विशेष ध्यान दिन जरुरी छ ।
सम्बन्धित समाचारः- कर्णालीमा ह्याण्डबलका सारथि : भुवन शाही
संवाददाता । शुक्रबार, असोज २६, २०८० मा प्रकाशित