Karnali Media
२०८३ साउन १० , आइतबार

नेपाल इजरायल-हमास युद्ध रोक्ने पक्षमा



नेपालले इजरायल-हमास युद्ध रोक्ने पक्षमा मतदान गरेको छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल-हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित १ सय २० देश र विपक्षमा १४ देशले गरेका छन् ।


४५ देश मतदानमा सहभागी भएनन् ।

बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताएका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक ११ गते शनिबार