Karnali Media
२०८३ साउन ७ , बिहीबार

फेसबुक र इन्स्टाग्राममा देखियो समस्या !



काठमाडौँ । फेसबुक र इन्स्टाग्राममा फेरी समस्या आएको छ । केही दिन अघि मात्रै मेफेसबुक र इन्स्टाग्राममा लगइन नै नहुने समस्या आएको थियो ।

यी कम्पनीमा आज पनि प्राविधिक समस्या देखिएको छ । प्रयोगकर्ताहरूले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, सर्च नहुने समस्या देखा परेको गुनासो गरेका छन् ।


वेबबाट फेसबुक चलाउने प्रयोकर्ताहरूले भने याक्टिभ सूची देखिरहेका छन् ।

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा विश्वभरका १० हजारभन्दा धेरै प्रयोगकर्ताले फेसबुक मेसेन्जर एपमा याक्टिभ प्रयोकर्ता नदेखिने समस्या देखिरहेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत ७ गते बुधबार