Karnali Media
२०८३ जेठ २६ , मंगलबार

अडियोलाई टेक्स्ट बनाउने फिचर ल्याउँदै ह्वाट्सएप



लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर थपिने भएको छ ।

ह्वाट्सएपले मेसेजमा पठाइने भ्वाईस नोटलाई कन्भर्ट गरी लिखित रूपमा पढ्न मिल्ने फिचर ल्याउन लागेको बताइएको छ ।

ह्वाट्सएपको अपडेटका बारेमा जानकारी दिने सूचना केन्द्र ‘वाबिटा इन्फो’ ले भ्वाईस नोटलाई टेक्स्टमा पढ्न मिल्ने गरी ह्वाट्सएपमा फिचर थप्नका लागि काम भइरहेको जनाइएको छ ।


नयाँ फिचरमा एन्ड टु इन्ड इन्क्रिप्सन पनि सुरक्षित रहने र प्रयोगकर्ताको गोपनीयता समेत कायम राखिने समेत ‘वाबिटा इन्फो’ ले उल्लेख गरेको छ ।

यस्तो प्रकारको अपडेट ल्याउन अझै केही समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार