Karnali Media
२०८३ असार १६ , मंगलबार

नेपालद्वारा आयरल्यान्डविरुद्धको शृंखला क्लिन स्वीप



काठमाडौँ। नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृंखला क्लिन स्वीप गरेको छ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो। मंगलाबार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २–० ले क्लिन स्वीप गरेको हो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनायो।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए।

आयरल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।


नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो।

नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए। ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए। बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १/१ विकेट रह्यो।

प्रकाशित मिति : २०८० चैत १३ गते मंगलबार