काठमाडौँ । आइसिसी टी(२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ।
आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५।२ ओभरमा २ विकेट गुमाएर पार गर्यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, चैत १८, २०८० मा प्रकाशित