Karnali Media
२०८३ असार १६ , मंगलबार

गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी



काठमाडौँ । आइसिसी टी(२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५।२ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।


अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार