Karnali Media
२०८३ असार ८ , सोमबार

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत



मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ।

उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्राडा कविप्रसाद पोख्रेल, प्राडा केशरसिह राना, प्राडा देवबहादुर खड्का, प्राडा धु्रवकुमार गौतमको आवेदन स्वीकृत भएो छ।


साथै प्राडा नन्दबहादुर सिंह, प्राडा विनयकुमार मिश्र, प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा मुकुन्दप्रकाश क्षेत्री, प्राडा यमबहादुर कार्की र प्राडा शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ। आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ।

स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र ९भिजनपेपर० र विश्वविद्यालयको चार वर्षे कार्ययोजना ९प्रोफेसनल वर्क प्लान० पेस गर्न समितिले आग्रह गरेको छ। तत्कालीन उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो। रासस

प्रकाशित मिति : २०८० चैत २१ गते बुधबार