साताको तेस्रो कारोबार दिन मंगलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य रुपमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकोमा महासंघले आजका लागि भने एक लाख ३५ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासंघले आज चाँदीको मूल्य तोलामा एक हजार सय ८५ रुपैयाँ निर्धारण भएको जनाएको छ ।
संवाददाता । मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित