सुर्खेत । वरपर जङ्गल बिचमा मनोरम पार्क यहाँ आउदा जो कोहिको मन लोभिन्छ । सहरको कोलाहल बिचमा आनन्द लिन यहाँ हरकोहिको पुग्ने रहर बन्दै गएको छ ।
शान्त वातावरण र प्राकृतिक सौन्दर्यको एक नाम हो विरेन्द्रनगर ४ मा रहेको सहिद पार्क
यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरुको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्की भन्छन्, ‘आन्दोलनमा हाम्रो वडाका दुई जना (गोपाल रजवार, टिकाराम गौतिक)ले ज्यान। गुमाउनुभएको छ । वनको साधारणसभाबाटै हामीले उहाँहरुको नाममा सहिद पार्क बनाउने घोषणा गरेका थियौं ।’
भंगेरी चौर (अहिले पार्कस्थल)मा विगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि सो जमिन खाली भएकाले सहिद पार्क बनाइएको हो।
कर्णाली प्रदेश सरकारले सहिद पार्क स्थापनाका लागि २ करोड रकम विनियोजन गर्यो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचना निर्माण गरिएको हो।
यस्तै सोही रकमबाट पार्कको वरपर पर्खाल लगाउने काम गरिएको छ ।
‘पार्कभित्र गर्नुपर्ने संरचनाको काम ९० प्रतिशत बाँकी नै छ । चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिएको छ । अहिले पार्कभित्र अस्थायी शौचालय बनाउन थालेका छौं ।’
पार्कसँगै वनस्पति उद्यान पनि बनाइने भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्की भन्छन्, । त्यसका लागि झण्डै नौ करोड रकम खर्चिनुपर्ने छ । पार्कभित्र अब प्रेमको प्रतिक चित्र, चिल्ड्रेन पार्क र विभिन्न ठाउमा वाटर फाउन्डेसन निर्माण कार्य भैरहेको छ । यस्तै अहिले सहिद पार्कमा पार्कलाई आकर्षक बनाउन विभिन्न काम भैरहेको छन जस अन्तर्गत गएको सिबरात्रीमा वाटर फाउन्डेसन बिच शिबको मुर्ति पनि राखिएको छ ।
सहिद पार्कमा आउने पर्यटकहरु यिनै प्रकृतिक र कृत्रिम मनहोहक सम्पदा हरु हेर्दै रमाउछन ।
अहिले सहिदपार्कमा दिनहु करिब 200 जति र सनिबार र बिदाको दिनमा 700 भन्दा बढिले सहिद पार्कमा रमाउन आउने गर्छन ।
यहाँ घुम्नका लागि मात्र नभएर पिक्निकका लागि पनि धेरै आउने गरेको पाईन्छ सहिदपार्कमा घुम्दा पिक्निकमा रमाउदाको पल अबिस्मरणिय भएको यहाँ आउनेहरु बताउछन ।
यो पार्क अवलोकन गर्न जानेहरुले २० रुपैयाँ शुल्क तिर्नुपर्छ । एक वर्ष अघिदेखि प्रवेश शुल्क लिन थालिएको हो । ‘एक वर्ष अघिसम्म खासै चहल–पहल थिएन,’ टिकट काट्ने कर्मचारी गुरुप्रसाद चालिसे भन्छन्, ‘त्यसपछि मान्छेहरुको चहल–पहल बाक्लिन थालेपछि हामीले टिकट सिस्टम गराएका हौं ।’ प्रवेश शुल्कबाट उठेको रकमले त्यहीभित्रको संरचना निर्माणमा सहयोग पुगेको छ । टिकटकै रकमले पार्कस्थलभन्दा अघिको (तल खोला किनारबाट माथि) सिँढी बनाइएको छ ।
पछिल्लो समय सुर्खेतको प्रमुख पर्यटकिय गन्तव्य बन्दै गएको सहिद पार्कमा अझै पनि कामहरु सप्पन्न भैसकेका छैनन घेरबार पनि पुर्ण छैन यस्तै यहाँ बनस्पति उधान पनि बन्दै छ यी सबै काम समयमा नै समपन्न भए सहिद पार्क कर्णालीकै एक महत्वपूर्ण गन्तव्य बन्नेछ ।
भिडियोमा हेर्न
संवाददाता । बुधबार, चैत ०९, २०७८ मा प्रकाशित