काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न जीवी राईलाई कहिले पक्राउ गर्ने तयारी भएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा प्रमुख सचेतक शाहीले देशभन्दा जीवी राई ठूलो हो रु भनेर प्रश्न गरेका छन् ।
‘आज यो देश नेपाल ठूलो हो कि जीवी राई ठूलो हो रु मलाई त लाग्दछ यो देश नेपाल भन्दा ठूलो जीवी राई हो । एउटा जीवी राईलाई यो सरकारले पक्राउ गर्न सकेको छैन । हामी माग गर्न चाहन्छौँ जीवी राईलाई छिटोभन्दा छिटो पक्राउ गरियोस्, ‘शाहीले प्रश्न गरे, ‘पुराना दलहरूले काम गर्न, सुशासन गर्न सकेनन् भनेर हामीलाई जिताएर पठाइएको हो । तर, फाइल खोज्ने भनेको ९ मिनेट, ४ मिनेट, २ मिनेटमा आकाशमा भए पनि पातालमा भए पनि जीवी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो कहिले पक्राउ गर्नुहुन्छ रु हामीले हेरेर बसिराख्या छौँ ।’
शाहीले गिरीबन्धु टी-स्टेट लगायतका भ्रष्टाचार तथा अनियमितताको छानबिन कहिले गर्ने हो भन्दै प्रश्न गरेका छन् । ‘अहिले हामी ठूला फाइल खोल्दिन्छन् कि भनेर संसद्मा हेरेर बसिराख्या छौँ । गिरिबन्धु टी-इस्टेटको फाइल कहिले खुल्छ रु संसद्मा हामी सुन्न आतुर छौँ, ’उनले भने ।
सरकार ठुला(ठुला घोटालाहरूमा छानबिन गर्नका लागि तयार नभएको उनको भनाइ थियो । ‘अहिले पनि माग गर्न चाहन्छु गिरिबन्धु टी-स्टेटमा के भएको हो रु यसको सत्य तथ्य छानबिन गरेर संसद्लाई जानकारी गराइयोस्, ‘उनको माग थियो ।
संवाददाता । मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित