सुर्खेत । युरोपेली संघका राजदूतद्वार सुर्खेतको विरेन्द्रनगर नगरपालीका वडा नं ९ मा रहेको जलवायु परिवर्तन सिकाई केन्द्रको अनुगमन गरेका छन । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज, नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओ, नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टिनेन, युरोपियन युनियनका डिप्युटी हेड, भिएसओ नेपालका प्रतिनिधि लगायतको टिमले विरेन्द्रनगर नगरपालिका ९ का वडा प्रतिनिधी, युवा, प्रयास परियोजनामा साझेदार विभिन्न संघ संस्थाका प्रतिनिधि, बिद्यार्थी, शिक्षक र सुरक्षाकर्मीहरु बिच विरेन्द्रनगर नगरपालिका वडा नं ९ को जलवायु परिवर्तनको अबस्था, वडामा रहेका बिपद, स्थानिय सरकार युवाहरुले गरेका प्रयास, प्रयास परियोजनाले गरेका गतिबिधी र जलवायु परिवर्तन सिकाई केन्द्रका बारेमा छलफल भएको हो ।
जलवायु परिवर्तनले महिलाहरुमा कस्तो प्रभाव पर्छ ? यसको समाधानका लागि के गर्न सकिन्छ ? जलवायु परिवर्तन न्युनिकरणमा स्थानिय तह, युवा, युवा स्वयंसेवक, स्वयंसेवि रेडियो पत्रकार विभिन्न सरकारी तथा गैर-सरकारी संघ संस्थाले के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । छलफलका क्रममा विभिन्न स्वयंसेवक, युवा, बिद्यार्थी तथा शिक्षकहरुबाट हालका समस्या र समाधानका बिषयमा अनुभवका बारेमा पनि कार्यक्रममा छलफल भएको थियो ।
यस्तै युरोपियन युनियन को आर्थिक सहयोग भिएसओ, अकोराब, आयोन, एफएससिएन साझेदार संस्थाहरुद्वारा संचालित प्रयास परियोजनाले कार्यक्रममा विरेन्द्रनगर नगरपालिका वडा नं ९ को विपदबाट अति प्रभावित दुई बस्तिमा विपद व्यवस्थापनमा सहयोगम पुर्याउने विभिन्न सामाग्री पनि टोल समितिलाई हस्तान्तरण गरिएको छ ।
युरोपेली संघका राजदुत, युरोपियन युनियन र भिएओ नेपालका प्रतिनिधिलाई स्वागत गर्दै विरेन्द्रनगर नगरपालिका ९ का वडा अध्यक्ष शुरेस मानन्धरले भने “विपदबाट अति प्रभावित आफ्नो वडामा जलवायु परिवर्तन न्यूनीकरण गर्न, विपदको सामना गर्न पुर्बतयारी अबस्थामा रहन र विपदलाई व्यवस्थापन गर्न प्रयासले परियोजनाले गरेको सहयोग आफ्नो वडामा ठुलो सहयोग भएको छ । प्रयास परियोजनाले गरेका विभिन्न कार्यक्रमहरुबाट वडाका युवाहरु पनि विपद व्यवस्थापन गर्न विभिन्न तालिमहरुले सक्षम भएका छन ।” यसका लागि प्रयास परियोजना र सबैलाई धन्यवाद सङ्गै आगामी दिनमा पनि आफुले गर्न सक्ने काम गर्ने र सहयोगको अपेक्षा राखेको बताए ।
संवाददाता । बुधबार, चैत ०९, २०७८ मा प्रकाशित