Karnali Media
२०८३ साउन ६ , बुधबार

जापानमा ७.१ म्याग्नेच्‍युडको भूकम्प



जापानमा बिहीबार दिउँसो ७.१ म्याग्नेच्‍युडको भूकम्प गएको छ।

जापानको समाचार संस्था एनएचके वर्ल्डका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हाे।

शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामी आउन सक्ने जनाएकाे छ।


मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। सुनामी एक मिटरसम्म आउनसक्ने एनएचकेले समाचारमा लेखेको छ।

त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार