Karnali Media
२०८३ भदौ २४ , बुधबार

कंगोमा विद्रोहीको आक्रमणमा परी घाईते भएका सुर्खेतका शान्ति सैनिक अनिल गुरूङको मृत्यु



सुर्खेत । अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको मृत्यु भएको छ। नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।


संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धान्जली र परिवारप्रति समवेदना प्रकट गरेका छन्। नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए ।
मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ‘कर्डन एन्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेको निर्देशनालयले जनाएको छ।
त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए।
घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो।
प्रकाशित मिति : २०७८ चैत २३ गते बुधबार