Karnali Media
२०८३ असार २ , मंगलबार

पोखरामा चुनाव लक्षित राप्रपा, पोखरा ३२ मा कार्यालय



आगामी वैशाख ३० गते स्थानिय चुनाव सरकारले तयारी गरेको छ । विभिन्न राजनितीक दलले चुनाव लक्षित कार्यक्रम अघि बढाएका छन । चुनाव लक्षित गदै राप्रपाले पोखरा ३२ मा वडा कार्यलय स्थापना गरेको छ ।

राप्रपाका प्रवक्क्ता ज्ञानेन्द्र शाही, पार्टीका नेता केन्द्रि सदस्य डा भिमसेन गुरुङ, पार्टी नेता बिष्णु पोख्रेल, लगायतको उपस्थित भेलामा वडा कार्यालय स्थापना गरिएको हो ।


उक्त वडाको अध्यक्षमा रास्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा राप्रपा कास्कीका जिल्ला सदस्य बिद्यार्थी युवा नेता सन्दीप धमलाले आकांक्षा देखाएका छन।


पोखरा ३२ मा राप्रपाबाट धमलाको बलियो दाबेदारी रहेको उनको दावी छ । धमला पोखरा ३२ स्थित ढोडबेशीका स्थाइ बासिन्दा हुन । वडालाइ पोखरा कै उत्कृष्ट वडा बनाउने सपना रहेको र पार्टी र ३२ का सम्पूर्ण मतदाताले साथ दिए ५ बर्षमा नै यो वडालाई उत्कृष्ट वडा बनाएर देखाउने धमलाको दावी छ ।

 

प्रकाशित मिति : २०७८ चैत २३ गते बुधबार