Karnali Media
२०८३ असार २ , मंगलबार

भ्रष्टचारीहरुको विरुद्धमा अबको युद्ध : प्रवक्ता ज्ञानेन्द्र शाही



काठमाडौ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको युद्ध भ्रष्टचारीहरु विरुद्ध हुने बताएका छन् ।

अबको विकल्प कांग्रेस, एमाले र कम्युनिष्टको विरोध गर्नु नभएर भ्रष्टचारीको अन्त्य गर्नु पर्ने उनले आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टीले खुल्ला मञ्चमा गरेको आमसभामा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

 

उनले भने– ‘अबको युद्ध र लडाई भ्रष्टचारीहरुको विरुद्धको लडाई हो । यो राजनीतिज्ञ कसैले पेसा सम्झिनु भएको होला, कसैले व्यवसाय सम्झिनु भएको होला, तर हामीले त्यस्तो सम्झेको छैनौं ।

 

तपाई हामी जस्ता नवजवान युवाहरु यो देशको भविष्यका लागि, यो देशको पहिचानका लागि बडामहाराज पृथ्वीनारायण शाहलाई टाउँकोमा राखेर गौतम बृद्धलाई छातीमा राखेर नेपाल राष्ट्रवाद निर्माण गर्नको लागि एउटा सुनौलो अवसर पनि हो ।

आज हामी विषम परिस्थितिमा छौं, मुलुक अहिले जरजर अवस्थामा छ । मुलुक अहिले विलकुलै जरजर अवस्थामा छ ।


 

आज यो देशको हालत कस्तो छ ? तपाईलाई थाहा छ ? ‘आज यो देशको हालत बाउ–आमाको जिवनमा तीन वटा मुख्य विषय वस्तु रहन्छ, एउटा विवाह, जन्म र मृत्यु आज भर्खर–भर्खर जन्मेको बालकाले आफ्नो बाउको मुख हेर्न पाउँदैन, बाउ विदेशमा तड्पेर बसेको छ ।’

 

आज भर्खर–भर्खर विवाह गरेको नव जोडिहरुको हातको मेहेन्दी सुक्न पाएको हुदैन, श्रीमान विदेश जान्छ र रातो बाकसमा फर्किन्छ ।

 

आज ती वुद्धा, बुढा, बाउ र आमाहरु आज आफु पनि जानेर छोराहरुको अगाडी र कालले पनि मलाई नमारोस् मेरो छोरो आउँदा सम्म भनेर आफ्नो काललाई कुरेर बसेका हुन्छन् ।

 

हिजो मात्रै पोखरामा मैले एउटा अचम्मको घटना देखे बुवा मर्नु भएछ, छोरा विदेशबाट आउनु भएन छ । तीन दिन सम्म लास घरमै राखिएका छन् । आज यो देशको अवस्था यो छ । यो अवस्थालाई चिरफार गर्नका लागि राजनीतिमा आएको केटाकेटीको खुट्टा खेल्नलाई आएको होईन ।

प्रकाशित मिति : २०७८ चैत २५ गते शुक्रबार