दैलेख । दैलेख भगवतीमाई गाउँपालिका -४ का स्थायी बासिन्दा राजेन्द्र अधिकारी ,कर्णाली प्रदेशमा युवा मोटिभेटरको रुपमा चिनिदै गएका छन् । उनी सामाजिक र राजनैतिक किर्याकलापमा पनि निकै सक्रिय भएर लाग्ने गर्दछन् ।
हालै उनी बिश्वभरी बाट करिब २०००+ आबेदकहरु मध्य १०० जना (५० नेपाली +५० बिदेशी ) भित्र रहदै Everest international Model United Nations conference 2022 ( एभरेष्ट अन्तर्राष्ट्रिय मुन सम्मेलन – EIMUN 2022 ) को लागि बिकट क्षेत्रको कोटाबाट पुर्ण छात्रवृत्तिमा उक्त सम्मेलनको लागि छनोट हुन सफल भएका छन् ।
हाम्रा सहकर्मीले तपाईंलाई अन्तरास्ट्रिय स्तरको एभरेस्ट सम्मेलनमा सहभागी हुन पाउँदा कस्तो लागेको छ भन्ने प्रश्न मा राजेन्द्र अधिकारीले भने ,” हामी जस्ता गाउँठाउँका युवाहरूलाई प्रायः यस्ता अवसर कमै मिल्दछ्न् , किनकी यस्ता सम्मेलनमा छनोट हुनको लागि विभिन्न मापदण्ड पार गर्नुपर्दछ , जुन कुराहरु प्रायः साथीहरूले गर्न अल्छि मान्दछ्न् । र यसैक्रममा मैले आफुले गरेका विभिन्न सामाजिक कामहरु लाई आबेदन दिदा उल्लेख गरेको थिए ,सो कुरा र मैले युवाहरूलाई उत्प्रेरणा जगाउने खालका सेमिनार र जागरण को अभियानलाई उहाँहरुले उच्च मुल्यांकन गर्नु भो र म यो अवसर प्राप्त गर्न सफल भए र आफ्ना कुरा विभिन्न देशको प्रतिनिधिको रुपमा आएका युवा साथीहरू माझ राख्न पाउँदा आफुलाई भाग्यमानी ठान्नेछु । ”
U.S. Embassy Nepal सङको सहकार्यमा यस सम्मेलन को आयोजना Youth Thinkers society (YTS) ले सन् 2014 देखि यता निरन्तर गर्दै आईरहेको छ ।
यस बर्षको सम्मेलन (April 17-21,2022 अर्थात बैशाख ४-८,२०७९ सम्म ) काठमाडौको पाँच तारे होटल ‘ The Malla Hotel ‘ लाजिम्पाटमा हुने छ ।
यसैगरी अधिकारी रास्टृय युवा परिसद अन्तर्गत ” नमुना युवा सांसद ” र कर्णाली प्रदेश युवा कल्ब संजालका ईन्चार्ज समेत हुन् । साथै उनी सोच समुह द्वारा प्रकाशित
” नेपालका शिर्ष १०० युवा २०२१” को सुचिमा पनि सुचिकृत हुन सफल भएका थिए ।
संवाददाता । बुधबार, चैत ३०, २०७८ मा प्रकाशित