दैलेख । अनेरास्ववियूकी केन्द्रीय सचिव मनिषा कार्की दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा सिफारिस भएकी छन । दैलेखमा भएको नेकपा एकिकृत समाजबादि पार्टीको छलफलबाट युवा नेतृ कार्कीलाई मेयरमा सिफारिस गरिएको हो ।
सानै उमेरदेखि बिद्यार्थी राजनीतिमा सक्रिय कार्कीले हाल नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेर काम गर्दै आएकी छन । उनले पार्टी तथा समाज ठूलो योगदान पुर्याएकी छन । बिद्यार्थी नेतृको रुपमा चिनिने उनले बिद्यार्थी हक हितका लागि सधै अग्रसर भएर तथा समाजका लागि बेलाबेला सडक तथा पार्टिमा उनले आवाज उठाइदै आईरहेकी छन ।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय कार्की दैलेख तथा समग्र कर्णालीमा नै महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् । पार्टिले उनको योगदान र क्षमताको कदर गर्दै उनलाई चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा सिफारिस गरेको हो ।
संवाददाता । बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित