काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसिसी यु-१६ इस्ट जोन कप २०२५ का लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
प्रतियोगिता यही आइतबारदेखि सुरु हुँदैछ ।
घोषित टोलीको कप्तानी विपिनप्रसाद शर्माले गर्ने छन् भने उपकप्तान सुर्यान्शु कोइराला रहनेछन् ।

टोलीमा शिवांश बजगाईँ (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन् ।
नेपालले पहिलो खेल सिंगापुरविरुद्ध ८ असार (२३ जुन) मा खेल्नेछ । त्यसपछि नेपालले १० असारमा जापान, १५ असारमा इन्डोनेसिया र १७ असारमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको सेमिफाइनल १९ असार र फाइनल २१ असारमा हुनेछ ।
संवाददाता । बिहिबार, असार ०५, २०८२ मा प्रकाशित