सुर्खेत । आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ।
नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमक दिवस मनाउन थालिएको हो । तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो।
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरूक बनाउँदै आएको छ ।
कर्णालीका श्रमिकहरुले अझै पनि सामाजिक सुरक्षा कोषको प्रत्याभुति गर्न नपाएको गुनासो छ ।
कर्णालीमा २०७५ देखि हाल सम्म लगभग १ सय ५० जना जतिको नाम सुचिकृत भएको श्रम तथा रोजगार कार्यालय सुर्खेतकी अधिकृत सुनिता कुमारी दर्लामीले जानकारी दिनुभयो ।
श्रमिक अधिकारका विषय संविधानमा लिपिबद्ध भए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको पाइएको छ ।
औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ तर अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिकहरु सामाजिक सुरक्षाको हकबाट वञ्चित छन् ।
संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चितता भएको छ तर न्यूनतम श्रमिकहरु पारिश्रमिकबाट वञ्चित छन् ।
०७५ को तुलनामा अहिले कतैकतै बैकिङ्ग खातामा भुक्तानि दिने गरेको भए पनि न्युतम पारिश्रमिक सरकारले तोके बमोजिम नभएको, रोजगार न्युक्तिपत्र नदिएको पाइएको दर्लामिको भनाई छ ।
अनौपचारिक श्रमिकहरुले काम हुँदा गर्ने नहुँदा नगर्ने गरेको छन् । उनिहरुका हकहितको लागि सरकारले सामाजिक सुरक्षा कोषका कुराहरु गर्ने गरेको भएपनि अझै सम्म नितिनियम भने बनाएको छैन ।
संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा कयौं नागरिक अझै पनि बिदेशीनु परेको छ ।
संवाददाता । आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित