दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहको आफ्नो अन्तिम खेलमा बुधबार राती पोल्यान्डलाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना प्रिक्वाटरफाइनल पुगेको हो।
अर्जेन्टिना ३ खेलबाट ६ अंक जोडेर समूह विजेता बन्यो। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २-० गोलले हराएर दोस्रो चरण प्रवेशको सम्भावना कायम राखेको थियो। बुधबार पोल्यान्डविरुद्ध कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर सदुपयोग गर्न नसकेपनि अर्जेन्टिनाले दबाबपूर्ण प्रदर्शन गर्दै जित निकालेको थियो।
अर्जेन्टिनाको जितमा मार्क एलिस्टर र जुलियान अल्भारेजले गोल गरे। एलिस्टरले ४६ र अल्भारेजले ६७ औँ मिनेटमा गोल गरेका हुन्। त्यसअघि ३९ औँ मिनेटमा मेस्सीलाई डीबक्सभित्र लडाइएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।
संवाददाता । बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित