सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा एचआईभी संक्रमण बढ्ेको पाइएको छ । प्रदेश प्रदेशभर करिब ७ सय एचआईभी संक्रमित रहेको छन् । पाँच जिल्लामा ६ सय ९० जना एचआइभी संक्रमित अहिले नियमित उपचारमा रहेका छन् ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनूसार सबैभन्दा धेरै एचआइभी संक्रमितहरू सुर्खेतमा छन् भने अन्य पाँच वटा जिल्ला जुम्ला, हुम्ला डोल्पा, मुगु र जाजरकोटमा भने एचआईभी संक्रमितको संख्या थोरै देखिन्छ ।
सुर्खेतमा ३ सय ६२ एचआईभी संक्रमित देखिदा दैलेखमा २ सय ३, रुकुम पश्चिममा ५९, कालिकोटमा ४० र सल्यानमा २६ जना संक्रमित रहेका निर्देशनालयका सूचना अधिकारी पद्म बहादुर केसीले बताए ।
एचआईभी संक्रमितहरू नखुल्ने भएकाले संख्या यो भन्दा बढी हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी केसीले जानकारी दिए ।
अहिले पनि संक्रमितहरू समाजमा अपहेलित हुने डरले नखुल्ने गरेकाले संक्रमण भित्रभित्रै फैलिएको उनले जनाए । प्रदेशमा महिला भन्दा पनि पुरुष एचआईभी संक्रमित बढी रहदा १५ देखि ४४ वर्ष सम्मका धेरै छन् ।
यसैविच, आज ३५ औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँएको छ ।
यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ ।
एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
केन्द्रको तथ्याङ्क अनुसार नेपालमा दुई दशकमा नयाँ एचआईभी सङ्क्रमणदर करिब ८४ प्रतिशतले घटेको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ । असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।
संवाददाता । बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित