Karnali Media
२०८३ साउन १० , आइतबार

विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भईरहेको छ।

अहमेद बिन अलि स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ ।खेलको ३५ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।


विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

प्रकाशित मिति : २०७९ मंसिर १८ गते आइतबार