सुर्खेत । जाजरकोटकाे भिरपाटीमा वोलेरो जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।
आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो। जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडी दुर्घटना परेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–२ दैलेखका चालक मानबहादुर रावत, भगवतीमाई–३का सुरेन्द्र केसी, अम्मरबहादुर खड्का, छेडागाड –५ का जयकुमार बुढा, नैनसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, २ वर्षीया बालिका निशा अधिकारी छन् ।
दुर्घटनामा घाइते भएका छेडागाड–६ का वीरबहादुर खत्री, रामबहादुर बुढा साथै अम्मर र बालिका निशाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका जैमान अधिकारीलाई उपचारका लागि नेपालगञ्ज लगिँदैछ ।
संवाददाता । सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित