काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको होटल क्यासिनोमा भएको आगलागीमा परेर निराकर पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालले शनिबार सो घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री दाहालले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
साथै उनले मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न मुख्य सचिवलाई निर्देशन समेत दिएका छन् ।
सो होटलमा बिहीबार आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका१ का पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, पुष १६, २०७९ मा प्रकाशित