Karnali Media
२०८३ असोज २ , शुक्रबार

पाँच दिनमा ‘पठान’ ले कमायो ५०० करोड



बलिउड अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड कमाइरहेको छ। यो फिल्मले विश्वव्यापी रूपमा दैनिक सय करोड कमाएको हो। फिल्म विश्वव्यापी रुपमा ५ दिनमा पाँच सय करोड क्लबमा समावेश हुन सफल भएको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले पाँचौं दिनसम्ममा ५४२ करोड भारू कमाएको छ। उनका अनुसार फिल्मले भारतमा तीन सय ३५ करोड भारू कमाएको छ भने अन्य देशबाट दुई सय ७ करोड भारू कमाएको हो।


सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमबार