सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले बीमा कम्पनीका सकरात्मक एजेण्डामा सहयोग गर्न सरकार तयार रहेको बताएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशले आयोजना गरेको वित्तीय क्षेत्रका प्रादेशीक कार्यालय प्रमुखसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन्।
मन्त्री शाहले नेपाल बीमा प्राधिकरण साविकको बीमा समिति २०२५ सालमा स्थापना भएपनि संघीय शासन प्रणाली अनुसारको विकास हुननसकेको बताए। उनले भने, ‘सरकारको स्वमीत्वबाट हामी बाहिर छैनौं, सरकार अग्रसर नै रहेको छ। बीमा प्राधिकरणलाई गर्न सकिने सहयोग गर्नका लागि सरकार तयार रहेको छ।’
मन्त्री शाहले कतिपय कुराहरु बीमा कम्पनीको व्यवहारले देखाउँने भएकाले त्यस्ता केही व्यवहारमा परिर्वतन ल्याउनुपर्ने सुझाव दिँदै मन्त्री शाहले बीमा कम्पनिहरुले गरेको आफ्ना सकरात्मक एजेण्डाहरुलाई पूरागर्नका लागि सरकारले साथ दिने बताए।
यस्तै, मन्त्री शाहले कर्णाली प्रदेशका जनता बीमाको पँहुचबाट पछाडी रहेको कुरा स्वीकार्नु पर्ने बताए। उनले भने, ‘बीमा संवेदनशिल बस्तु हो। आजको समयमा बीमा सबैका लागि आवश्यक बनिरहेको छ। त्यसका लागि दुरदराजमा रहेका जनतालाई चेतना मूलक कार्यक्रम नगरेको ठाउँमा बीमा कम्पनिहरुले कार्यक्रम गरेर जनचेतना फैलाउन जरुरी छ।’
मन्त्री शाहले देशै भर बीमाका तीन हजार ३६६ शाखा भएको र कर्णाली प्रदेशमा जम्मा १८८ शाखा मात्रै रहेकाले शाखा बढाएर ग्रामिण भेगका जनतालाई सेवा विस्तारका लागि बीमा कम्पनीहरुले आफ्नो क्षमताको विकास गर्नुपर्ने बताए।
मन्त्री शाहले स्वास्थ्य बीमा गरेका धेरै नागरिकहरुले उपचारमा समस्या हुने गरेको गुनासो बढेको बताए। ‘स्वास्थ्य बीमा गरेका नागरिकहरुले उपचारकामा कुनै पनि प्रकारको झनझट झेल्नु नपरोस्, उनिहरुले खुलेर स्वास्थ्य बीमाबाट सेवा लिन पाउनुपर्छ।’ उनले भने।
यस्तै, कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव श्यामकृष्ण थापाले कर्णालीमा बीमाको उपस्थिति कमजोर रहेको र त्यसलाई स्थानीय तहसम्ममा पु¥याउनुपर्ने बताए। उनले भने, ‘कर्णालीका धेरै जसो नागरिकहरुलाई बीमाको बारेमा कुनै जानकारीनै छैन्, कर्णालीका धेरैजसो ठाउँमा बीमा कम्पनी पुग्न जरुरी छ। बीमा कम्पनी सुर्खेत केन्द्रीत हुनथाले।’
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशको कार्यालय प्रमुख पदमप्रसाद सोडारीले नेपालको वित्तीय प्रणाली उपलब्धी, कार्याक्रमको अपेक्षा, कर्णाली प्रदेशमा बीमाको पँहुच तथा उपस्थिति, बीमा ऐनमा भएको प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था, कर्णाली प्रदेशमा वित्तीय पँहुचका लागि देखिएको समन्वयको आवश्यकता, प्रवाधिकणले गरेको प्रयास तथा समन्वयको अपेक्षा र कर्णाली प्रदेशमा बीमकहरुको उपस्थिति तथा चुनौतीको बारेमा प्रस्तुतिकरण दिएका थिए।
संवाददाता । शुक्रबार, फागुन १२, २०७९ मा प्रकाशित