Karnali Media
२०८३ असोज ३ , शनिबार

भारतको ओडिशामा रेल दुर्घटना : २३० को मृत्यु, ९०० घाइते



भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजेतिर भएको दुर्घटनामा ९०० जना भन्दा धेरै घाइते भएको भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

ओडिशाको बालासोर जिल्लाको बहानागा स्टेशनमा कोरोमण्डेल, बेंगलुरु(हावडा एक्सप्रेस रेल लिकबाट खसेको हो। रेल अर्को मालबाहक रेलमा ठोक्किएपछि २३० भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९०० जना घाइते भएका छन्।


सुपरफास्ट ट्रेनको डिब्बा पल्टिँदा धेरै यात्रु फसेका छन्। उद्धार कार्य अहिले पनि जारी छ। रेलको डिब्बामा धेरै चेपिएकोले हाताहाती संख्या बढ्न सक्ने बताइएको छ।

 

प्रकाशित मिति : २०८० जेठ २० गते शनिबार