Karnali Media
२०८३ जेठ २५ , सोमबार

कैलाली बहुमुखी क्याम्पसमा अबदेखि टिकटक बनाउन नपाइने, बनाएमा कारबाही गरिने



धनगढी: कैलाली बहुमुखी क्याम्पसमा पनि भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बनाउन नपाइने भएको छ। विद्यार्थीहरुले क्याम्पस हाताभित्र धमाधम टिकटक बनाएर पोष्ट गर्न थालेपछि क्याम्पसले त्यस्तो कार्यमा रोक लगाउने निर्णय गरेको हो। क्याम्पसको सूचनाको अवेज्ञा गरी टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिएर आचा संहिता बमोजिम कारबाही गरिने जनाइएको छ।

यसअघि आइतबार मात्रै कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले पनि सोही प्रकारको आदेश जारी गरेको थियो।


प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार