Karnali Media
२०८३ भदौ ७ , आइतबार

यज्ञकुमार गिरीको तिज गित मनमुटु खाने भो सार्वजनिक (भिडियोसहित)



सर्खेत । गितकार एवम संगितकार यज्ञ कुमार गिरीकाे तिज गित मन मुटु खाने भाे सार्वजनिक भएकाे छ । गत वर्ष कर्मैले घुमायाे बाेलकाे गितकाे अपार सफलता पछि याे वर्ष पनि हिन्दु नारीकाे महान चाड तिजकाे अबसरमा हाम्राे गाउँ परिवेशमा नारीले भाेग्नु परेकाे कथा व्यथालाई लक्षित गरि उक्त गित तयार गरिएकाे गितका सर्जक गिरीले जानकारी दिनु भयाे ।

स्थानिय स्राेत साधनकाे प्रयाेग गरि निर्माण गरिएकाे भिडियाेकाे निर्देशन तथा सम्पादन खिम बहादुर बुढाले गरेका छन । भिडियाेमा जाेती काफ्लेकाे अभिनय छ भने यामु मगरकाे नृत्य निर्देशन रहेकाे छ । छायांकन भने सुवास सिंह ठकुरीले गरेका हुन । गितका सर्जक गिरी आधुनिक गितमा लामाे समय सम्म काम गर्दै आउनु भएकाे छ ।


उहाले संगित गरेका थुप्रै गितले अवार्ड समेत पाएका छन । लाेक कला संस्कृतिको संरक्षण गर्नु सबैकाे दायित्व भएकाे भन्दै सर्जक गरीले गत वर्ष देखि निरन्तर तिज गित बजारमा ल्याउन लागेकाे र आगामी दिनहरुमा यसलाई निरन्तरता दिने जनाउनु भएकाे छ । उहाले गत वर्ष नै ए साईली बाेलकाे झ्याउरे गित समेत बजारमा ल्याई सक्नु भएकाे छ ।

प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार