सुर्खेत । नेपाल तरूणदलको ७१ औं स्थापना दिवसको अवसरमा नेपाल तरुणदल सुर्खेतको आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
फुटसल प्रतियोगितामा तरूणदल र नेपाल विद्यार्थी संघबीच मैत्रीपूर्ण प्रतियोगिता भएको थियो । प्रतियोगितामा तरुणदल सुर्खेत विजयी भएको छ । नेपाल विद्यार्थी संघ सुर्खेतलाई ८ गोलका विरूद्ध ११ गोल गरि तरूणदल विजेता बनेको हो ।
मैत्रीपूर्ण पुटसल प्रतियोगिता कार्यक्रममा नेपाली काँग्रेका उपसभापती बिष्णु खड्काको प्रमुख आथित्यता रहेको थियो । यस्तै नेपाली काँग्रेस सुर्खेत सह-सचिव एवम् नेपाल तरूणदल सुर्खेतका जिल्ला अध्यक्ष हरि बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रथम पुरस्कार नेपाली काँग्रेस सुर्खेतका सचिव देब कुमार सुवेदी र बालदिप कंडेलले हस्तान्तरण गरेका थिए । साथै दृतिय पुरस्कार नेपाल तरूणदल पुर्ब केन्द्रीय सदस्य डण्ड ढकालले हस्तान्तरण गरेका थिए ।
संवाददाता । शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित