Karnali Media
२०८३ असार १७ , बुधबार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । योसँगै मन्त्रीमण्डल २० सदस्यीय बनेको छ ।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार