Karnali Media
२०८३ भदौ २९ , सोमबार

पोखरालाई पर्यटकीय राजधानी घोषणा



गण्डकी । कास्कीको पोखरा शहरलाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।


पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रूपमा ख्याति प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा गरिएको बताए ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार