सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीबाट राजकुमार शर्माले राजीनामा दिएका छन् ।
प्रदेश सभा बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्। संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन्।
यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरित विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्ततः राजीनामा दिन बाध्य भएका हुन्।
संवाददाता । बुधबार, चैत २१, २०८० मा प्रकाशित