Karnali Media
२०८३ जेठ २८ , बिहीबार

वाइडबडी घोटलामा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जनाविरुद्ध मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आज (बिहीबार) ३२ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले एक अर्ब ४७ करोड १० लाख ८५ हजार साय ८५ रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो ।


अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसमेतलाई उक्त मुद्दामा विपक्षी बनाइएको छ ।

नेपाल वायु सेवा निगमले वाइटबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा भ्रष्टाचार भएको निश्कर्षसहित आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार