Karnali Media
२०८३ असार १६ , मंगलबार

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य



काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ११५ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अलआउट हुँदै ११४ रन जोड्यो ।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलको ओभरसमेत घटाइएको छ । निर्धारित २० ओभरको खेललाई १८ ओभरमा घटाएको हो । यसअघि नेपाली समयअनुसार ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित बनेको थियो ।


यस प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार