Karnali Media
२०८३ जेठ २८ , बिहीबार

कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारमा यामलाल कँडेल मुख्यमन्त्री भएको २१ औँ दिनमा आज प्रदेश सरकारले पूर्णता पाउने भएको छ ।

आज ६ जना मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे ६ मन्त्रीहरुले सपथ लिने छन् ।

माओवादीबाट बिनाविभागिय मन्त्रीका रुपमा रनसिंह परियारले यसअघि नै सपथ लिइ सकेका छन् । मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा चार माओवादी र मुख्यमन्त्रीसहित चार मन्त्रालय एमालेले लिने गरी सहमति भएको थियो ।


एमाले संसदीय दलका नेता नेता यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका थिए ।

 

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार