सुर्खेत । यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएका छन् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । दैलेख र सुर्खेतको सिमानामा पर्ने गुराँसेमा पनि यतिबेला जङ्गलभर फुलेका गुराँसहरुले पर्यटकको मन लभ्याईरहेको छ ।साना साना लाली गुराँसको रुखहरुकै जङ्गल भएकोले पनि गुराँसे यतिबेला प्राकृतिक सौन्दर्यले सजिएको छ । यहाँ प्रकृतिको मनोरम आनन्द लिन सुर्खेत, दैलेख, नेपालगन्ज लगाएतका ठाउबाट आउने आन्तरिक पर्यटकहरुले गुराँसेमा घुईचो लाग्दै गईरहेको छ । सनिवार तथा विदाको दिनमा यहाँ फोटो खिच्न, भिडियो बनाउन, टिकटक बनाउन आउनेगरुको भिड धेरै देखिन्छ । गुराँसेको जङ्गलमा फुलेको गुराँस र सङ्गै रहेको गुरासे भ्यु टावरमा पर्यटकहरु बढी केन्द्रित हुने गर्दछन ।
गुराँसेको टिकटकमा भिडियो हेरेर नेपालगन्जबाट गुराँस हेर्न आएका आन्तरिक पर्यटकहरु भन्छन “गुराँसे आउदा सोचेभन्दा पनि राम्रो लाग्यो । सोचेको थिय केही रुखहरु होलान जसमा केही मात्रामा मात्र लालीगुरास फुलेको होला तर यहाँ आउदा त जताततै एकभन्दा अर्को हेरौ हेरौ लाग्ने गुराँस देख्दा साच्चै मन फुरुङ्ग भयो । यो सुन्दरता आँखाहरुले जति हेरेनी थाग्दैनन् ।”
गुराँस के हो ?
गुराँस नेपाल लगायतका देशहरूमा पाइने एक प्रकारको रूख हो। यो पतझड वर्गमा पर्दछ । यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा ललि गुरास खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।
सुन्दरता सङ्गसङ्गै रास्ट्रीयता बोकेको फुल लालिगुरास फुलेको हेर्न गुरासे जाने पर्यटकहरु बढेसङ्गै चुनौतिहरुपनी थपिएका छन । पर्यटकको व्यबस्थापन नहुदा गुराँस बन संरक्षणमा समस्या आएको छ केही पर्यटकहरुले राम्रो मानेर गुरासे फुल टिप्ने, हाङ्गा भाच्ने, जथाभावी फुलहरु फ्याक्ने जस्ता गतिविधि नियन्त्रण गर्न र गुराँसको सौन्दर्यता जोगाईराख्न हामी सबै लागिपर्नुपर्दछ ।
संवाददाता । मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित