Karnali Media
२०८३ जेठ २८ , बिहीबार

रवि लामिछानेमाथि लगाइएको आरोप निराधार हो : मन्त्री अर्याल



सुर्खेत । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रवि लामिछानेमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन् । रास्वपा उपसभापति समेत रहेका अर्यालले आफ्नो सभापतिमाथि उठेको आरोप १०० प्रतिशत निराधार रहेको बताए ।

शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चार पाँच जनाले रजाइँ गरेको ठाउँमा नयाँ मान्छे आएपछि अनेक प्रश्न उठाइन्छ । अहिले त्यही भइरहेको हो । आफूले रजाइँ गरिरहेकाहरूलाई हामी आएका प्रति मन परिरहेको छैन।’

आफूहरू रूपान्तरणका लागि आएको तर अनेक तरिकाले हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘हामीले सदनबाट जवाफ दिन्छौँ भन्दा मानिरहेका छैनन्।’


भिडियो हेर्नः

प्रकाशित मिति : २०८१ जेठ ५ गते शनिबार