Karnali Media
२०८३ भदौ २२ , सोमबार

प्रधानमन्त्री दाहालले लिए विश्वासको मत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधलाई पेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन्। दाहालको पक्षमा १५७ मत आएको छ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिँदा सभामुख देवराज घिमिरेले प्रतिपक्षीलाई बोल्न समेत मौका नदिई कार्यबाही अगाडि बढाएका थिए। प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका थिए भने सत्ता पक्षका एमाले महासचिव बिष्णु पौडेलले उनलाई सम्हालेका थिए।


प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आजपनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालले बताएका थिए।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको बताउँदै विश्वासको मत मागेका थिए।

प्रकाशित मिति : २०८१ जेठ ७ गते सोमबार